डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

तामसालिङ खबर
५ बैशाख २०७६, बिहीबार १८:२२

मोरङ । नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन बिहिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम राखिएको फेला परेको छ ।

सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द    भयाे । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको   छ ।

कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*