सात जिल्लाको सीडीओ फेरिए, २३ उप-सचिवको सरुवा

तामसालिङ खबर
२५ चैत्र २०७५, सोमबार १९:५८

काठमाडौ – गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप-सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप-सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । गृह-मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ । सोमबारको मन्त्रिस्तरीय निर्णय अनुसार २३ जना उप-सचिवको सरुवा भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*