तिन नम्बर प्रदेशको प्रेस रजिष्टरमा रेवती सापकोटा नियुक्त

तामसालिङ खबर
२७ चैत्र २०७५, बुधबार १२:५१

हेटौडा – तिन नम्बर प्रदेशको आजको मन्त्रीपरिषदको बैठकले प्रेस रजिष्टरमा रेवती सापकोटा नियुक्त गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहने प्रेस रजिष्टरले तिन नम्बर प्रदेश अन्तर्गतका सबै मिडियालाई हेर्ने गरी प्रेश रजिष्टारमा सापकोटालाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।

बिगत २० बर्ष देखि पत्रकारिता पेसामा आबद्ध रहनुभएका सापकोटालाई आजको मन्त्री परिषदको बैठकले प्रेश रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संघिय सरकार मातहतको सूचना तथा संचार प्रबिधि मन्त्रालय मातहतको प्रेश काउन्सिल जस्तै प्रदेश ३ मा प्रेश रजिष्टारको कार्यालय रहने छ ।            यो कार्यालय भने प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*