लियो क्लब पाथिभराको अध्यक्षमा यसोधा गौतम चयन

तामसालिङ खबर
२४ चैत्र २०७५, आईतवार १०:१४

हेटौडा– लियो क्लब अफ हेटौंडा पाथीभराकी अध्यक्षमा यसोधा गौतम चयन भएकी छिन । क्लबको शनिबार भएको साधारण सभाबाट अध्यक्षमा गौतम निर्विरोध चयन भएकी हुन् । उपाध्यक्षमा अस्मिता अर्याल, सचिवमा पुजा रिमाल, कोषाध्यक्षमा निशा कार्की लगायत निर्बिरोध चयन भएका छ्न ।

कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा पाथीभराकी वर्ष २०१८/१९ कि अध्यक्ष लायन आरती अधिकारी, लियो जिल्ला परिषद ३२५ बि २ का वर्ष २०१८/१९ का सह-कोषाध्यक्ष लियो शिशिर पाराजुली, लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ का रिजन कोअर्डिनेटर लियो राजन श्रेष्ठको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*