आज देखि मनहरीको रुन्चेडाँडामा महायज्ञ बुद्ध बचन पाठ शुरु

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार ०८:०२

हेटौडा (मनहरी) – आज देखि मकवानपुरको पश्चिम क्षेत्र मनहरी गाउपालिका वडा नम्बर ५ स्थित रुन्चेडाँडामा २६ गते सम्म विश्व शान्ति महायज्ञ एबम बुद्ध बचन (भुम) महाप्रज्ञापरामिता पाठ हुदै छ ।

नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघको धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ को आतिथ्यतामा ४ दिन सम्म हुने विश्व शान्ति महायज्ञको तयारी सबै पुरा भै आज देखि पुजापाठ हुदै छ ।

समस्त प्राणीको उद्धार रास्ट्रको कल्याणको निम्ति विश्वमा शान्ति फैलाउने उद्येश्यले आज चैत्र २३ गते मनहरी गाउपालिका ५ को वडा अध्यक्ष शुभराज थिङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित विश्वशान्तिको महायज्ञ कार्यक्रम उद्घाटन गरिने आयोजकले जनाएको छ ।

सोहि दिन संक्षिप्त बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ हुने, चैत्र २४ गते बुद्ध बचन ग्रन्थपाठ तथा मोन्लम प्रणीधान, चैत २५ गते बुद्ध बचन ग्रन्थपाठ संगै बेलुकी पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) गरिने छ ।

चैत २६ गते समापन कार्यक्रममा तिन नम्बर प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा पुजापाठ संगै विश्वशान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रबचन सहित छेवाङ अभिषेक प्रदान गरि समापन हुने कार्यक्रम संयोजक फुलमाया थिङले बताउनु भयो ।

त्यस्तै, सोहि दिन अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रबचन हुने बताएको छ । महायज्ञ सफल बनाउन ५१ सदस्यीय महायज्ञ मुल समारोह समिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*