किड्ज हेभनको चौँथो अभिभावक भेला सम्पन्न
हेटौंडा – शिक्षा क्षेत्रको विस्तारको लागि प्रदेश सरकारले पहल गर्ने प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले बताउनुभएको छ । हेटौँडा ४ मा रहेको किड्ज हेभन मन्टेश्वरी स्कुलको चौँथो अभिभावक भेलालाई शनिबार सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाल सरकारले सबैको लागि शिक्षा विस्तार गर्दै गुणस्तरीय शिक्षामा जोड दिईरहेको बेला मन्टेश्वरी एक आधारभुत शिक्षाको जग भएको उहाँले बताउनु भएको छ । श्रेष्ठले साना साना भाइबहिनीको शिक्षाको सुरुवात भएकोले समयको मागसंगै मन्टेश्वरीको व्यवस्थापन पनि सोही अनुसार हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमकाबीच १६ जना युकेजीमा अध्ययनरत विद्यार्थीहरुले ग्राजुयेशन प्राप्त गरेका छन् । त्यसैगरी उनीहरुलाई मायाको चिनो प्रदान गरी विदाइ गरिएको छ । मन्टेश्वरीमा विगत ४ वर्षदेखि आमाको भुमिका निर्वाह गरी योगदान पु¥याउने कमला खड्का, सवारी चालक गणेश वर्तौला, वर्षको उत्कृष्ट टिचर पद्मा गोले र डान्स टिचर रितु श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी, विद्यालयमा भएका विभिन्न विद्यार्थीहरुलाई सम्मान समेत गरिएको मन्टेश्वरीका शिक्षिका जमुना देवकोटाले बताउनु भयो । मन्टेश्वरीका अध्यक्ष श्यामकृष्ण देवकोटाकोे अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका उपसचिव लिला गौतम, मकवानपुर बहुमुखी क्याम्पसका सहायक चिफ राजेन्द्र भट्टराई, मन्टेश्वरीका प्रिन्सीपल अर्पणा दवाडी, चुरियामाई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तान लगायत, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, गायत तथा कला प्रस्तुत गरेका थिए ।






