संघीय समाजवादी फोरममा २९ जना प्रवेश

तामसालिङ खबर
६ फाल्गुन २०७५, सोमबार ०४:५०

हेटौडा । संघीय समाजवादी फोरम जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम भएको छ । सोमबार संघीय समाजवादी फोरम जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष शुभरत्न गोलेको सभाध्यक्षता भएको कार्यक्रममा संघीय समाजवादी फोरम ३ नं. प्रदेशको अध्यक्ष लालबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका तामाङले भने राजनितिमा प्रायः सचेत नागरिकहरु मात्र लाग्ने गरेको देखिन्छ र कति नागरिकहरु पीडित भएर पनि पीडा सहेर जीवन चलाउने गरेको देखिन्छ । उनले भने,‘मान्छे दुई किसिमले राजनितिमा लाग्ने गरेको देखिन्छ । एक पार्टीको बिचार मन परेर लाग्ने गर्छन भने अर्को लैलैमा लागेर लाग्ने गरेको छ ।’

त्यस्तै कार्यक्रमका सभाध्यक्ष गोलेले स्यालले बाघको खोल ओढेर आउने ठूलो नेतालाई राम्रोसँग चिन्नु पर्नेमा जोड दिए । उनले संघीय समाजवादी फोरम जातिय पार्टी नभएको र बास्तबमा ठूलो भनौदा पार्टीहरुले नै जातिय राजनितिक गरेकोसमेत बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरम ३ नं. प्रदेशको उपाध्यक्ष बिदुर बज्राचार्य, बौद्धिक पेशाकर्मी महासंघका महासचिव डा. धनबहादुर मोक्तान, संघीय समाजका केन्द्रिय सदस्यहरु कृष्ण कुमार घलान, तारा लाल विक र नुच्छेलाल श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*