लोकतान्त्रिक ट्रेड युनियन मकवानपुरको अध्यक्षमा मोक्तान

तामसालिङ खबर
२ आश्विन २०७५, मंगलवार २१:३९

२०७५ असोज १६ मंगलबार प्रकाशित
हेटौडा: संघिय समाजबादी फोरमको भातृसंगठन समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर गठन भएको छ । मंगलबार हेटौंडामा राम बहादुर मोक्तान (रमेश ) को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा गंगा बहादुर अधिकारी, हरी काफ्ले, सचिवमा बाबु लाल घलान, सहसचिव यमामुल अन्सारी, कोषाध्यक्ष सानू माया घलान, सहकोषाध्यक्षमा राजु पटेल, सदस्यहरुमा बाबुराम पौड्याल, नरेश शाह, बिरदेश महतो, इस्लाम मिया, मुना माया लामा, साहेद जान, सुखवारी महतो, सुनुमाया मोक्तान लागायत रहेका छन् । २ सदस्यीय पछि थप गर्ने निर्णय गरेको छ ।

फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल रहनु भएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य विद्युत बज्राचार्य, कृष्ण कुमार घलान, महासंघ वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, फोरम चितवन अध्यक्ष तथा सलोट्रेयु महासंघ उपाध्यक्ष प्रेम भुजेल, केन्द्रीय सदस्य बिमला आले मगर, जीफन्ट नेपाल मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई, स्वतन्त्र निर्माण श्रमिक संघ मकवानपुरका अध्यक्ष सन्त राई लगायतका मन्तब्य ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले मजदुर तथा श्रमिकहरुको हक अधिकार र संविधानमा लेखिएका मजदुर ऐनका बारेमा चर्चा तथा संशोधन गरिनुपर्ने बुदाहरुका बारेमा स्पष्ट पारे ।

जिल्ला अध्यक्ष गोलेले अहिलेको अवस्थामा नेपाली श्रमिक मजदुरहरुले समय सापेक्ष प्राबिधिक दक्षता र क्षमतामा जोड दिन नसक्नु र राज्य पक्ष गम्भीर नभएको र यी समस्याहरुको सम्बोधन र समाधान गर्नको निम्ति बैकल्पिक राजनीतिक शक्तिको रुपमा फोरमको स्थापित भएको बताए । कार्यक्रममा नेकपा,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरी ४० जना फोरममा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*