मनहरी गाउँपालिकाकाे प्रतीक चिन्ह सार्वजनिक
पुष, मनहरी – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको प्रतीक चिन्ह सार्वजनिक गरिएकाे छ। बुधबार गाउँपालिकाकाे १८ ओैँ अधिवेशनकाबीच चिन्ह सार्वजनिक गरिएको हाे ।
गाउँपालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ लेखिएको प्रतीक चिन्हमा वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबालीको चित्र, प्राकृतिक दृश्य, नेपालको झण्डा समेटिएको छ । रातो, नीलो र हरियो रङको प्रयोग गरी हेटौँडाकी संविधा पौडेलले प्रतिक चिन्ह निर्माण गरेकी हुन् ।
कार्यपालिका बैठकबाट यसअघि नै स्वीकृत भएको प्रतीक चिन्ह गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सार्वजनिक गरेका हुन् ।





