आज देखि राक्सिराङ्ग कृषि हाट बजार

तामसालिङ खबर
१५ पुष २०८२, मंगलवार ०५:५२

पौष, हेटौडा (राक्सिराङ्ग) – वर्षायम र विभिन्न चाडबाडको कारण रोकिएको राक्सिराङ्ग कृषि हाटबजार आज देखि सन्चालन हुँदै छ। स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण गर्ने उद्देश्यले पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुन:सञ्चालन हुन लागेको हो।

स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्ता स्थानीय उत्पादनको प्रबर्द्धन र खरिद बिक्री गरिने गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनुभयो।

कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि निरन्तरता दिएको गाउँपालिकाले जनाएको छ ।

रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानीय खानाका परिकारका परिकार गरी २० वटा स्टल रहेको छ । हाट बजारको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।

बि.स. २०७९ सालको फाल्गुन १ गते शुरु गरिएको कृषि हाट बजार निरन्तर सन्चालन भएको ४ बर्ष भएको छ। अविरल बर्षा र विभिन्न ठुला चाडबाडले रोकिएको हाटबजार आज पुष १५ गते देखि पुन:सन्चालन हुने भएको छ,अब हिउँदेयामको हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सन्चालन हुने गाउँपालिका अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*