दामनको छ्युमी ज्याङ्छ्युप (ऋषेश्वर) मा गुरु रेम्पोर्छेको मुर्ति अनावरण
जेठ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको दामनमा अवस्थित बौद्ध हिन्दु धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल (छ्युमी ज्याङछ्युप) ऋषेश्वर मन्दिरमा गुरु रेम्पोर्छे (पदम सम्भव)को मूर्ति अनावरण गरिएको छ। सिमभन्ज्याङ र दामनको बीच भागमा पर्ने छ्युमी ज्याङछ्युपमा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको श्रद्धा केन्द्रका रूपमा चिनिन्छ। यो स्थान बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिन्पोछे) सँग गाँसिएको ऐतिहासिक मान्यताले धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व राख्दछ। ध्यान केन्द्रका रूपमा समेत चर्चित यस मन्दिरमा तत्कालीन राजा त्रिभुवनले पूजा गरी सन्तानको वर मागेको र त्यसपछि राजा महेन्द्रको जन्म भएको भन्ने किंवदन्ती प्रचलित छ। पद्मवर्ण महायान...



















