अखिल क्रान्तिकारीकाे मतगणना : दुई पक्षबिच निर्वाचन समितिको निर्णय मानेर जाने समझदारी

हेटौंडा । अनेरास्ववियु क्रान्तिकारीको अवरुद्ध मतगणना नरोक्ने समझदारी भएको छ । नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचन अन्तर्गत विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा मतगणना कार्य रोकिएको थियो । पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्षका उम्मेदवारहरू, निर्वाचन समिति र विद्यार्थी सङ्गठनका इन्चार्ज हिमाल शर्मासहित सर्वपक्षीय बैठकले मतगणना नरोक्ने समझदारी बनेको क्रान्तिकारीका नेता मदन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मतगणना अगाडि बढाउन अध्यक्षका उम्मेदवारले लिखित रूपमा राय निर्वाचन समितिलाई दिने  र समितिको निर्णय मानेर जाने सहमति भएको छ...