शैक्षिक सुधारका लागि राक्सिराङ्ग र बिद्यालय बीच २८ बुँदे प्रतिबद्धता

तामसालिङ खबर
५ जेष्ठ २०८२, आईतवार १९:४४

जेठ, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि गाउँपालिका कार्यालय र विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन प्रतिबद्धता गरिएको छ।

प्रतिबद्धतापत्रमा विद्यालयमा विद्यार्थी संख्या बढाउन नितरन्तर प्रयास गर्ने, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक संघ संगठनका लागि आचारसंहित बनाउनेलगाययत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

शिक्षकलाई पेशागत झोलाको व्यवस्था गर्नेलगायतका २८ बुँदे प्रतिवद्धता–पत्र हस्ताक्षर गरिएको छ । साथै सो अवसरमा रेडियो सेट वितरण गरिएको थियो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*