मकवानपुरको राक्सिराङमा चट्याङ पूर्व सूचना प्रणाली जडान

हेटौडा (राक्सिराङ्ग) – चट्याङ्गजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्ग पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन स्थापना गरिएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माका अनुसार, दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङ्गमा जडान गरिएको हो। “यस यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ,” शर्माले बताए। यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो। यो प्रणालीले चट्याङ्ग आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिनेछ, जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको...