वनमन्त्री सिलवालले गरे जलपरी झरना तथा चमेरो गुफा अनुगमन

राक्सिराङ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवालले राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको जलपरी झरना तथा चमेरो गुफाको अनुगमन तथा अवलोकन गर्नुभएको छ । सिद्धार्थ हरियाली सामुदायिक वनको बार्षिक भेलामा सहभागी हुन राक्सिराङ पुग्नुभएका उहाँले जलपरी झरना उत्कृष्ट पर्यटकिय गन्तव्य बन्ने बताउँदै स्थानीय समुदाय र सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । प्राकृतिक रुपमा मनमोहक जलपरी झरना र पौराणिक महत्वको चमेरो गुफा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने उहाँले बताउनुभएको हो । उहाँले सो क्षेत्रमा रहेको प्राकृतिक संरचनाहरु लाई असर नपर्ने गरी थप पर्यटकिय...