कैलाश गाउँपालिकामा किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम सम्पन्न
हेटौंडा । कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम सम्पन्न भएको छ । असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १र१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको स्रोत शिक्षक ध्रुवराज विष्टले जानकारी दिए । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई सुरक्षित हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे। वार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम आयोजना गरिएको उनले बताए । तालिममा सहभागि शिक्षकहरुले आफ्नो...