हेटौंडा १० चण्डिका होटलमा एक युवक मृत भेटिए
हेटौंडा । २५ पुष/मकवानपुरको हेटौंडाको एक होटेलमा एकजना पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार १२:२० बजेको समयमा हेटौंडा १० बसपार्कस्थित श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा युवक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत भेटिएका युवक मकवानपुरको राक्सिराङ गाउँपालिका-४ बस्ने वर्ष २८ को सरोज शाह रहेका छन् । उक्त होटलमा पुस १५ गतेदेखि शाह सोही होटलको २०१ नम्बर कोठामा बस्दै आएका थिए ।
बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल संचालकले प्रहरीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली खटी गई घटनास्थलमा अनुसन्धानको क्रममा बिस्तारामा बसेकै अवस्थामा मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
मार्केटिङ गर्ने भन्दै उनी १० दिनदेखि उक्त होटेलमा बस्दै आएको थिए ।