माओवादी निकट जनवर्गीय संगठन द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

हेटौंडा, ०७ कार्तिक/ बागमती प्रदेश राजधानी हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो । वाईसीएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले शुभकामना ब्यक्त गर्दै वर्तमान सरकारले जनभावना...