ने.वि.संघ द्वारा मकवानपुर क्याम्पसमा सदस्यता वितरण
हेटौंडा । नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन लक्षित राष्ट्रव्यापी सदस्यता वितरण निरन्तर रुपा भइरको छ । विद्यार्थीको हकहितका निम्ति र विद्यार्थीहरुको अभिभावकको रुपमा क्याम्पसमा ने.वि संघमा सबै विद्यार्थी एक हुनु जरुरी रहेकोले ने.वि.संघको सदस्यता लिएको भनी मकवानपुर क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुका नेतृत्व विकास र व्यक्तित्व निर्माणमा ने.वि.संघले भुमिका निर्वाह गर्ने हुँदा विद्यार्थीहरुले उत्साहपुर्ण सदस्यता ग्रहण गरेको भनी ने.वि.संघका अध्यक्ष बरामले बताए । ने.वि संघ मकवानपुर क्याम्पस कमिटी अध्यक्ष बुद्ध बरामको अध्यक्षतामा भएको सदस्यता वितरणमा प्रमुख अतिथि ने.वि संघ केन्द्रिय तथा मकवानपुर बहुदलीय क्याम्पस प्रतिनिधि रिता रिजाल...



















