नेपाल दलित मुक्ति मोर्चा हेटौंडा १९ को अध्यक्षमा अर्जुन घताने

तामसालिङ खबर
१२ पुष २०८१, शुक्रबार १६:५०

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) हेटौंडा १९ नं वडामा नेपाल दलित मुक्ति मोर्चाको वडा समितिको बिशेष भेलाबाट अर्जुन घताने अध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा अशोक सुनार, गोमा बि.क., सचिवमा दिपक सुनार, सह-सचिव रेनुका दियाली, कोषाध्यक्षमा अनिता सुनार सहीत १३ सदस्य कार्यसमिति गठन भएको छ ।

कार्यक्रममा सावित्री नेपालीको सभाध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य कमला बराइलीको प्रमुख अतिथि रहेको थियो त्यसै गरी विशिष्ट अतिथिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला सदस्य प्रकाश थोकर, अतिथिमा गोकुल बैजु दलित मुक्ति मोर्चा मकवानपुर जिल्ला सचिव एवं बागमती प्रदेश सदस्य, पूर्ण बहादुर घलान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौँडा १९ वडा कमिटी अध्यक्ष लगायतको अन्य अतिथिहरूको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*