ने.वि.संघ द्वारा मकवानपुर क्याम्पसमा सदस्यता वितरण
हेटौंडा । नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन लक्षित राष्ट्रव्यापी सदस्यता वितरण निरन्तर रुपा भइरको छ ।
विद्यार्थीको हकहितका निम्ति र विद्यार्थीहरुको अभिभावकको रुपमा क्याम्पसमा ने.वि संघमा सबै विद्यार्थी एक हुनु जरुरी रहेकोले ने.वि.संघको सदस्यता लिएको भनी मकवानपुर क्याम्पसका विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुका नेतृत्व विकास र व्यक्तित्व निर्माणमा ने.वि.संघले भुमिका निर्वाह गर्ने हुँदा विद्यार्थीहरुले उत्साहपुर्ण सदस्यता ग्रहण गरेको भनी ने.वि.संघका अध्यक्ष बरामले बताए ।
ने.वि संघ मकवानपुर क्याम्पस कमिटी अध्यक्ष बुद्ध बरामको अध्यक्षतामा भएको सदस्यता वितरणमा प्रमुख अतिथि ने.वि संघ केन्द्रिय तथा मकवानपुर बहुदलीय क्याम्पस प्रतिनिधि रिता रिजाल त्यसै गरी विशिष्ट अतिथिमा सजन तामाङ, अतिथिमा ने.वि संघ केन्द्रिय सदस्य उमेश स्याङतान लगायतको उपस्थिति रहेको थियो ।