अखिल नेपाल औद्योगिक मजदुर संघ एन्ट्रान्टीक विस्कुट अन्तरगत इकाई समितिकाे साताैं अधिवेशन सम्पन्न

हेटौंडा । ५ असोज/अखिल नेपाल औद्योगिक मजदुर संघ अन्तरगत एन्ट्रान्टीक विस्कुट प्रा.लि इकाई समितिकाे साताैं अधिवेशन हरि ढुङ्गेलकाे अध्यक्षतामा सम्पन्न भएको छ । पञ्च बहादुर पाख्रिनकाे सभाध्यक्षतामा इकाई समितिमा हरि ढुङ्गेलको अध्यक्षमा २१ सदस्य सर्वसम्मत रुपमा सम्पन्न भएको हो । उपाध्यक्षमा गुण प्रसाद तिमल्सिना(क.उत्तम), सचिवमा गाेकुल अगस्ती, सह-सचिव रुद्र राई, काेषाध्यक्षमा मिना अर्याल सहित सर्वसम्मत चयन भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकापा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य ललित बहादुर घलानले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै र मजदुरमैत्री बनाउन आग्रह गर्नुभयो ।...