घरेलु उद्योगका उत्पादन प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याइने :मन्त्री श्रेष्ठ
राजकुमार के.सी. हेटौंडा । २७ वैशाख/नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले विशेष कार्यक्रम ल्याउने बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले बताए । बिहीबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा हेटौंडामा पहिलो पटक सञ्चालित ३ दिने साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै मन्त्री प्रकाश श्रेष्ठले लघु तथा घरेलु उद्योगको प्रवर्धनका लागि प्रदेशभित्रै उत्पादन र बजारिकरणमा संलग्न गराउने गरी युवा...



















