जन्मदिनको अवसरमा प्रधानाध्यापकद्वारा छात्रबृत्ति कोष स्थापना

हेटौंडा । २० असार/मकवानपुर जिल्ला थाहा नगरपालिकाको अग्रणी बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेकाछन् । प्रधानाध्यापक कार्कीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर आफैले अध्ययापन गर्ने बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयमा उक्त छत्रबृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । प्रधानाध्यापक कार्कीले बिद्यालयलाई समाज परिवर्तनको लागि सकारात्मक परिवर्तन गर्ने चहाना भएको तर आर्थिक अभावले उक्त चाहना पूरा गर्न असमर्थ भएकाहरुको लागि बीउ पुँजीको रुपमा र आगामी दिनहरुमा मनका धनीहरुको सग्रह गर्दै नहुनेहरुको क्षमता वृद्धि अवसरको...