किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम

तामसालिङ खबर
१० असार २०८१, आईतवार ०७:३५

असार, हेटौडा – “सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण” भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ । किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट शुरु भई ८ गते सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले २ दिनको कार्यक्रमबाट आफूमा क्षमता वृद्धि र आफूलाई कसरी सुरक्षित राख्ने सम्बन्धि तालिमले जीवन उपयोगी रहने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष जिल्ला युवा समिति, मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले यस कार्यक्रमले दिएको आत्मरक्षा तालिम जिवनमा उपयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं ।

कार्यक्रममा प्रशिक्षक सुजाता भुजेल, विष्णु श्रेष्ठ, र मकवानपुर क्याम्पस स्ववियु सदस्य सुजन सिलवाल, राहुल डिम्डुङ लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*