धाराबाहिक श्रृखला ‘ठुले’को सम्मान

फाल्गुन, काठमाडौँ – सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १०० औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पुर्याए बापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले बताउनु भयो । बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं.–१) एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल...