माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 

तामसालिङ खबर
१४ बैशाख २०८१, शुक्रबार २०:४८

हेटौंडा । १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले मुलुक माओवादीको एजेन्डामा हिंडेकोले कहिल्यै माओवादी कमजोर नहुने बताउनुभयो ।

शुक्रबार नेकपा माओबादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कमिटिको नवनिर्वाचित कमिटिको सपथग्रहण, प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै इन्चार्ज लामिछानेले माओबादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नु ऐलेको आवश्यकता भएको बताउनुभयो ।

नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगरको आतिथ्यता भएको कार्यक्रममा नव निर्वाचित कमिटीका पदाधिकारीलाई सपथग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

नवनिर्वाचित वडा कमिटि अध्यक्ष रेवती दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटीको संगठानात्मक कार्ययोजना समेत तयार गरिएको थियो ।

 

बैशाख ५ गते भएको वडा सम्मेलनले रेवती दाहालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको थियो ।

कमिटीको उपाध्यक्षमा ऐक्का बहादुर थिङ, सचिवमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना सिकारी सुनुवार र कोषाध्यक्षमा मनिषा लामा चयन भएका थिए ।

त्यस्तै सदस्यहरुमा धर्म राजथला, सरोज पौडेल, उमेश लामा, नवराज तिमिल्सिना, लक्ष्मी सापकोटा लगायत चयन भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*