कुमारीको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न
 
 हेटौंडा । २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बुधबार हेटौंडामा भएको सम्मेलनले कुमारी तितुङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
सम्मेलन आयोजक समिति संयोजक अन्जु तुम्सिङको अध्यक्षतामा भएको सम्मेलनले संघको उपाध्यक्षमा पार्वती माझी, अनु थिङ तामाङ, सचिबमा साजनी माझी, सहसचिवमा लक्ष्मी लामा, कोषाध्यक्षमा प्रमिला नेम्वाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निमा लामा, शर्मिला थापा, सबिता कार्की, अस्मिता लो, सुनिता थिङ लगायत रहेका छन् ।
नेकपा (माओबादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो ।
प्रमुख अतिथि मोक्तानले सीपयुक्त जनशक्तिले मुलुक समृद्ध हुने बताउनुभयो । उहाँले सीपलाई श्रममा जोडेर आत्मनिर्भर हुन सबैलाई आग्रह गर्नुभयो ।
अखिल नेपाल ब्युटिसियन श्रमिक संघकी केन्द्रीय अध्यक्ष साबित्रा आचार्यको विशेष आतिथ्यता रहेको सम्मेलनमा नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य ललित घलान, प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी, प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रीन, लक्ष्मी माझी, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान (ज्वाला) लगायतको आतिथ्यता रहेको थियो ।

 तामसालिङ खबर
तामसालिङ खबर




