वडा-वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर गर्दै मनहरी गाउँपालिका
माघ, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले वडा–वडामा पुगी स्त्री रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन शुरु गरेको छ । माघ २८ गतेदेखि गाउँपालिकाले विभिन्न वडाहरुमा स्त्री रोग सम्बन्धी निशुल्क शिविर सञ्चालन गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै महिलाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिविर कार्यक्रम समावेस गरी सञ्चालन गरीएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए । मनहरी गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त शिविरलाई नेपाल परिवार नियोजन संघ मकवानपुरले प्राविधिक सहयोग गरेको छ । पहिलो दिन आइतबार मनहरी गाउँपालिका वडा नं १...



















