गोली प्रहार गर्ने ३ जना पुर्पक्षको लागि थुनामा

तामसालिङ खबर
१६ फाल्गुन २०८०, बुधबार १७:५९

फाल्गुन, हेटौंडा – हेटौंडा उपमहानगरपालिका – ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । हेटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंसिर १९ गते राती गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो ।

गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेल संग एक करोड रुपैया माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोल सहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए ।

लागुऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैया नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*