राक्सिराङ्गमा सोनाम ल्होछारको तिन दिन सार्वजनिक बिदा
माघ, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्ग गाउँपालिकामा साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड बर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाले शुभकामना जारी गर्दै यहि माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा यहि माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना जारी गर्दै गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी...



















