सोनाम ल्होछार भव्य मनाउने तयारीमा ताम्सालिङ टोल बासी

माघ, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाको ताम्सालिङ टोलमा पहिलो पटक सोनाम ल्होछार भव्य मनाउने भएको छ । तामाङ समुदायको २५६० डुक/मु पुख्री ल्हो (गरुड बर्ष) सोनाम ल्होछारको अवसरमा यहि माघ २६ गते राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ को ताम्सालिङ टोलमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम गरि भव्य मनाउने भएको हो ।
राक्सिराङ्ग गाउँपालिकाको सहयोगमा केराबारी ताम्सलिङ्ग टोल विकास संस्था र पेमा देक्षेनलिङ्ग गुम्बाको आयोजनामा तथा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम सहित पुजापाठ, घर-घरमा धर्ज्यु र लुङता राख्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक प्रदिप थिङ्गले जानकारी दिनुभयो।
आफ्नो धर्म संस्कार संस्कृतिको संरक्षणको लागि गाउँमा चेतना फैलाउने उदेश्यले पहिलो पटक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक थिङ्गको भनाई छ ।
कार्यक्रममा तामाङ्ग सांगीतिक क्षेत्रमा ख्याती प्राप्त चर्चित गायक हरि योञ्जन लगायत पहिलो चेपाङ्ग लोक गायक रबिन कुमार चेपाङ्ग, बालिका तामाङ, उर्मिला प्रजा, अमिर लोप्चन लगायत स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रम ब्यवस्थापक ज्ञानेन्द्र तामाङ्गले बताउनुभयो।