मनोज गजुरेलले हँसाए, मनहरी महोत्सवका दर्शक

तामसालिङ खबर
१९ माघ २०८०, शुक्रबार १९:२२

माघ, हेटौडा (मनहरी) – पाँचौ मनहरी महोत्सवमा हाँस्य कलाकार मनोज गजुरेलले शानदार प्रस्तुति दिएका झन् । उनको एकल प्रस्तुति र उहाँसहित अर्का कलाकार एबम् महोत्सवका व्यवस्थापक रामेश्वर रिजालसँगको संयुक्त प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिएका थिए ।

कलाकार गजुरेलले राजनीतिक दल र तिनका नेताहरु ब्यंग्य प्रहार गर्ने क्रममा पार्टीको नाम नतोकीकन ‘मनहरीको माधव नेपाल को हो’ भनी प्रश्न गरेका थिए । त्यस क्रममा कलाकार गजुरेलले माधव नेपालको क्यारिकेचर गर्दै ‘अपमान भयो’ भन्ने बाक्यांश अभिनयात्मक शैलीमा प्रस्तुत गर्नु भएको थियो ।

उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले बोलेको नबुझेको र आफूले भनेको कुरो तुरुन्तै बिर्सने स्वभाव भएको भन्दै ब्यंग्य गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका समेत उनले क्यारिकेचर गरेका थिए । प्रस्तुतिको अन्तमा थपिनु भएका अर्का कलाकार रामेश्वर रिजालले आफूलाई प्रचण्डको रुपमा प्रस्तुत गर्दै केही समय गजुरेल र रिजालबीच व्यंग्यात्मक सम्बाद भएको थियो ।

चौथो दिनको महोत्सवमा तामाङ समुदायमा बहुचर्चित गायक बिशाल कान्तान र चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेले गायन प्रस्तुत गरेका थिए । स्थानीय रुपमा अनुषा चेपाङ, अमित लोप्चन, प्रमिला मगरले दोहोरी गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्थानीय एन्फेरियर ब्याण्डसहित अन्य ब्याण्डहरुले समेत महोत्सवको माहोल तताएको थियो । महोत्सवको माघ १९ गतेको प्रस्तोताका रुपमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले भूमिका निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*