सेलो गायिका सुमिनाले नचाइन, महोत्सवका दर्शक

माघ, हेटौडा (मनहरी) – पाँचौ संस्करणको मनहरी महोत्सवको सातौँ दिनमा चर्चित सेलो गायिका सुमिना लोले मनहरीका दर्शकहरुलाई नचाइएका छन् ।
पछिल्लो समय तामाङ सांगीतिक क्षेत्रमा चर्चित रहेका उनले नेपाली तथा तामाङ्ग भाषाका गीतहरु ‘खुकुरी होइन कर्धको’, र ‘छाता कुसी’ बोलका गीतहरु दर्शकहरुलाई सुनाउनु भएको थियो ।
गायिका लोसँगै मकवानपुरका अलराउण्डर गायक अबिराम मोक्तान, लोक गायिका गीता योञ्जन लगायत अनिल सुनार, सपना मगर, उर्मिला परियारले दमदार प्रस्तुति दिएको थियो ।
यसैबीच पाँचौ मनहरी महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी प्रतियोगिता सुरु गरेको छ । जस अनुसार दिपेन्द्र पुन र संगिता सुनार तथा आरपी सापकोटा रशितल कल्पनाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा दिपेन्द्र पुनको समूह बिजयी भएको छ ।
त्यस्तै, चन्द्र बजगाई र उमा घिमिरे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन (क) बीच भएको प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (क) बिजयी भएको छ । अर्काे टिम बिक्रम खाति र शर्मिला दहाल र बिनोद अर्यालर उर्मिला परियार बीच भएको प्रतिस्पर्धामा बिनोद अर्याल समूह बिजयी भएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले जानकारी दिनुभयो ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १ सय ५० वटा स्टल छन् ।