राक्सिराङ गाउँपालिकाको १५ औं गाउँसभा (हिउँदे) अधिवेशन सम्पन्न (फोटो फिचर सहित)
पौष, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाको १५ औ हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भव्य कार्यक्रमका बीच आयोजित अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलसहित सो क्षेत्रबाट निर्वाचित सांसदहरुले सहभागिता जनाए । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौला र प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बानियाँ एकै मञ्चमा उभिए । उनीहरुसहित संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशका पुर्वमन्त्री सन्त बहादुर चेपाङ, पुर्वसांसद ओम बहादुर ग्लान सहित विभिन्न पार्टीका ठुला नेताहरु कार्यक्रममा सहभागी बने । यसरी मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य,...



















