राईगाउँमा माघ २२ गते ल्होछार मेला हुने

तामसालिङ खबर
१३ माघ २०८०, शनिबार १६:५२

माघ, हेटौडा (राईगाउँ) – पूर्वी मकवानपुरको पुर्वी राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को अवसरमा यही माघ २२ गते बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ बजारमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

स्थानीय राईगाउँ युवा क्लबको आयोजनामा हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रवर्द्धनका लागि ल्होछार अभियानका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष तथा मेला संयोजक छवि बोम्जनले जानकारी दिनुभयो।

ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा तथा विभिन्न खानाको स्टलहरु राखिने र थप मनोरञ्जनका लागि भने चर्चित गायक/गायिकाहरु विशाल काल्तान, फुल कुमार बोम्जन, प्रकाश तितुङ, जीवन बोम्जन, रेश्मा बोम्जन, जितु लोप्चन, लक्ष्मी स्याङ्तान, सुमिना लो र नायिका सुनिता लुङ्बाको समेत प्रस्तुति रहने आयोजकले बताए ।

ल्होछार मेलाको सांस्कृतिक कार्यक्रम २२ गते साँझ ५ बजेबाट सुरु हुनेछ उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन र भरपुर मनोरञ्जन लिनका लागि सम्पूर्ण ल्होछार प्रेमी दर्शक महानुभावहरुलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*