सहिद सप्ताहको चौंथो दिन रक्तदान, ३३ जनाले रगत दान गरे

तामसालिङ खबर
१३ माघ २०८०, शनिबार १८:१९

माघ, हेटौंडा – सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रम भएको छ । सहिद स्मारक बिकास समितिले सहिद दिवस सप्ताहब्यापी कार्यक्रम गरि मनाउदैछ ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमा सहितको पार्कको उद्घाटन गरिएको थियो ।

माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबर्द्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् ।

माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*