तमु ल्होसार मनाउँदै केशरबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

पौष, हेटौडा – मकवानपुरका गुरुङ समुदायले सामुहिक रुपमा तमु ल्होसार बनाउँदै तमु ह्युल छोंज धीं (गुरुङ राष्ट्रिय परिषद) को नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । ह्युई ल्होलाई बिदाई गर्दै मुप्री ल्होको स्वागत गर्दै पाँचौ जिल्ला अधिवेशन मार्फत् आईतबार हेटौंडामा नयाँ समिति गठन गरेको हो । केशरबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसहमत रुपमा चुनिएको हो । समितिको उपाध्यक्षमा रमेश गुरुङ र रुपा गुरुङ, सचिवमा राजु घले, संगठन सचिवमा चन्द्र बहादुर गुरुङ, प्रचार सचिवमा लालबहादुर गुरुङ, कोषाध्यक्षमा पूर्ण बहादुर गुरुङ, सहकोषाध्यक्षमा राधिका गुरुङ तथा सदस्यहरुमा किकबहादुर गुरुङ, गीता गुरुङ...