पालुङ जेसीजको अध्यक्षमा निरज रायमाझी बिजयी

राज कुमार के.सी.
१५ पुष २०८०, आईतवार ०७:३०

पौष, हेटौडा (थाहा नगर) – पालुङ जेसीज बर्ष २०२४ को अध्यक्ष निरज रायमाझी बिजयी भएका छन् ।

शनिबार अध्यक्ष पदको लागि भएको निर्वाचनमा रायमाझीले ६५ मत ल्याई बिजयी भएको निर्वाचन आयुक्त जयराम खत्रीले बताउनुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी माधब कार्कीले २३ मत ल्याएका थिए ।

अध्यक्ष पदमा निर्वाचित रायमाझी बर्तमान कार्यसमितिका कानुनी सल्लाहकार हुनुहुन्थ्यो । त्यस्तै २ जना कार्यकारिणी उपाध्यक्ष पदमा मान सिं दोङ र नारायण तामाङका साथै ४ जना उपाध्यक्ष पदमा स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपाली निर्विरोध निर्वाचित भएका छन ।

रायमाझीले निर्वाचित भए पश्चात निर्वाचन अभियानका क्रममा आफुले प्रस्तुत गरेको कार्ययोजना पुरा गर्न लागिपर्ने बताउनु भयो । रायमाझीले भन्नुभयो, ‘निर्वाचनका क्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जेसीज सिद्धान्त अनुरुप पालुङ जेसीजको गरिमालाई उच्च राख्न प्रतिबद्ध छु ।’

१ सय सात मतदाता रहेको पालुङ जेसीजमा ९२ मत खसेको थियो भने ८८ मत सदर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*