वंशगोपाल सहकारीले मनायो १५ औं साधारण सभा
मंसिर, हेटौंडा – हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधरणसभाको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य बिष्णुमाया थपलिया र जेष्ठ सदस्य रत्न बहादुर दुरैलीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले यस सहकारी बिगतदेखी हालसम्म पारदर्शितामा चलिरहेकाले ढुक्क भएर बचत तथा ऋण कारोबार गर्न सहज भएको बताउनुभयो। उहाँले आगामी दिनहरुमा यसैगरी कारोबारलाई निरन्तरता दिन पनि सुझाब दिनुभयो । कार्यक्रममा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनहरुमा सहकारी वित्तीय...



















