थाहाको लिती खानेपानी योजनाको शिलान्यास, च्वाईसको १ करोड लगानी
कार्तिक, हेटौडा (थाहा नगर) – थाहा नगरपालिका वडा नम्बर १२ मा लिती रहेको दुईसय भन्दा बढी घरधुरीमा स्वच्छ खानेपानी पुर्याउन मंगलबार खानेपानी आयोजनाको रिजर्भ ट्यांकीको शिलान्यास गरिएको छ । उक्त खानेपानी आयोजनाको लागि थाहा नगरपालिकाको बिकास साझेदारको रुपमा रहेको संस्था च्वाईस नेपालले १ करोड लगानी गर्ने भएको छ । कूल २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान गरिएको खानेपानी आयोजनाको लागि १ करोड बराबरको श्रमदान हुनेछ भने थाहा नगरपालिकाले ६० लाख लगानी गर्नेछ । थाहा नगरपालिका वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँघर...


















