राक्सिराङमा नारी सीपको सार्वजनिक सुनुवाई
मंसिर, राक्सिराङ – राक्सिराङ गाउँपालिकामा सञ्चालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि क्रियाकलापहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नारी सीप सिर्जना केन्द्र नेपालले सो परियोजना अन्तर्गत सञ्चालन भइरहेको विभिन्न गतिविधि र क्रियाकलापका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाका बारेमा गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष, सामाजिक बिकास शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सुरक्षा निकायका प्रमुखले जवाफ दिएका थिए । गाउँपालिकामा अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि स्थानीय समिति रहेको छ । सहभागीहरुले राक्सिराङ गाउँपालिकाको...



















