सिद्धार्थ हरियाली सामुदायिक वनको बार्षिक भेला

तामसालिङ खबर
३० मंसिर २०८०, शनिबार १८:२७

मंसिर, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहको बार्षिक साधारण भेला सम्पन्न भएको छ ।

समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भेलामा गाउँपालिकाका उप-प्रमुख बनस्तम थिङ, वडाअध्यक्ष उत्तम वाइबा, वन अधिकृत सुजन मोक्तान लगायतको सहभागीता थियो ।

भेलामा अध्यक्ष तामाङले समुहको प्रगति प्रतिवेदन तथा बार्षिक कार्ययोजना र कोषाध्यक्ष समिक्षा योञ्जनले गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको प्रतिवेदन र अन्य विभिन्न प्रस्तावहरु भेलाले सर्वसम्मतले पारित गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

भेलाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थिङले सामुदायिक वन समुहहरु ब्यवस्थित र समाजप्रति उत्तरदायी बन्दै गएको बताउनुभयो । विगतमा काठ संकलन र बिक्रिका लागि मात्र सामुदायिक वन सक्रिय हुने गरेको स्मरण गर्दै उहाँले जैविक विविधता संरक्षण र समाजिक बिकासमा भुमिका खेल्न थालेको बताउनुभयो । योग्य र सक्षम नेतृत्वले भए वन समुहबाटै स्थानीय समुदायले विभिन्न किसिमको लाभ लिने सकिने उहाँको भनाई छ ।

वन अधिकृत मोक्तानले वन समिति र उपभोक्ताबीचको आपसी समन्वय र सहकार्यले वनको संरक्षण र सहि उपयोग गर्न सकिने बताउनुभयो । वन तथा वातावरणको संरक्षण र प्रबर्द्धनमा स्थानीय समुदायको भुमिका महत्वपुर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रममा वडाअध्यक्ष वाइबा, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, भर्याङकाली सामुदायिक वनका अध्यक्ष केशव भारती, उपभोक्ता तथा समाजसेवी कृष्ण योञ्जन, चन्द्र बहादुर दोङ, टोल विकास संस्थाका अध्यक्षहरु लगायतले वन समुहको गतिविधि तथा सक्रियताबारे चर्चा गरेका थिए । समुहका सचिव सुकुमान योञ्जनले सञ्चाल गरेको कार्यक्रममा पुर्व अध्यहरुलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*