पहिचानका लागि देशभरका थारूहरू एक हुन सांसद भगबती चाैधरीकाे आब्हान

तामसालिङ खबर
१ पुष २०८०, आईतवार २०:०४

पुष, सुनसरी – नेकपा (एमाले) की नेतृ सांसद भगबती चाैधरीले थारू समुदायकाे बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छन् ।

थारु कल्याणकारी सभाले समस्त थारू समुदायकाे वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चाैधरीले पुरानाे संस्था भएपनि कमजाेर रहेकाेमा चिन्ता व्यक्त गरिन् ।

सुनसरीकाे गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीकाे ९ औं जिल्ला अधिवेशनमा बाेल्दै थारू अगुवा नेतृ समेत रहेकी चाैधरीले थारू कल्याणकारी संस्था स्थापना भएकाे ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेकाे बताउँदै समग्र थारूहरूकाे विकास, उत्थानका लागि अब समय अनुसार थारूकाे पहिचान जाेगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन् ।

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र याेग्य नेतृत्व पहिचान गरी अगाडी बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिँदै सांसद चाैधरीले राजनीतिमा पनि थारूहरूकाे उपस्थिति बढाउँदै लैजानुपर्नेमा जाेड दिइन् ।

‘थाकसकाे पहिलाे दायित्व भनेकाे आफ्नाे भाषा, संस्कार, संस्कृति र पहिचानकाे संरक्षण गर्नु हाे । दाेश्राे राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूहरू लाई सक्षम र याेग्य बनाउनु हाे । यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ ।’ उनले भनिन् ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले जस्ता राजनीतिक दलहरूसँगै स्थापना भएकाे संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चाैधरीले राज्य सत्तामा थारू समुदायकाे उपस्थिति बढाउन सकेमात्र थारू समुदायकाे हक अधिकार सुनिश्चित हुने जिकीर गरिन् ।

उनले संविधानमा थारूहरूकाे छुट्टै अधिकार सुनिश्चित गरेकाे जनाउँदै थारूहरूकाे विकास, उत्थानका लागि थारू आयाेग, लाेक सेवा आयाेग जस्ता स्थानमा थारूहरूकाे सहभागीता सुनिश्चित गरेकाे भएपनि थारू जातिहरूकाे सहभागीता र उपस्थिति कमजाेर रहेकाेमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन् ।

चाैधरीले सामाजिक संस्थाभित्र अनावश्यक रूपमा राजनीतिकरण हुनु दुखःद भएकाे बताउँदै सकिन्छ भने एमाले, कांग्रेस जस्तै देश विदेशसम्म संगठन बनाएर राजनीतिमा थाकस उत्रनु पर्नेमा जाेड दिइन् । थारू समुदायभित्रकाे गुटबन्दि र राजनीतिले कसैकाे हित नगर्ने बताउँदै चाैधरीले भनिन् । ‘अहिले म देख्छु यो विशुद्ध संस्थामा राजनीतिकरण भएको छ । सक्छौं भने हे थारु अगुवा आउँ खुलेर राजनीति गरौं सक्दैनौ भने यो संस्थालाइ कतैबाट दाग लाग्ने नबनाउँ, विरूद्ध रूपमा पहिचान, संस्कार, संस्कृतिकाे विकासमा लागाैं ।’

थाकसकाे नयाँ कार्य समिति एउटा असल लिडर थारुहरुको पहिचान बोक्ने समितिको चयन होस् भन्दै शुभकामना दिँदै चाैधरीले जुनसुकै दल र पार्टीकाे नेतृत्व आएपनि त्यसले संस्थालाई सबैकाे साझा संस्थाका रूपमा नेतृत्व गरेर लैजानु पर्नेमा जाेड दिइन् ।

आदिबासी, जनजाति समुदायकाे विकास, राजनीतिक, सामाजिक नेतृत्व विकास गरेर अगाडी बढे देश र समाजकाे विकास हुने भन्दै चाैधरीले पूर्वमेचिदेखि पश्चिम महाकाली सम्मका थारूहरू एकजुट हुनुपर्नेमा जाेड दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*