हेटौडामा सोनाम ल्होछार महोत्सबको तयारी

तामसालिङ खबर
१३ माघ २०८०, शनिबार १८:१४

माघ, हेटौडा – हेटौडामा सोनाम ल्होछार महोत्सब हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को अवसरमा यही माघ २७ गते हेटौडामा नेपाल तामाङ घेदुङ जिल्ला समिति मकवानपुरको आयोजनामा सोनाम ल्होछार महोत्सब हुने भएको हो ।

शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष कालु घलानले तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन घेदुङले गर्दै आएको र संस्कृतिक ल्होछार महोत्सबले गाउँ-गाउँमा ल्होछार मनाउन प्रेरित गराउने बताउनुभयो।

महोत्सबमा तामाङ संस्कृति, भेषभुषा तथा तामाङ्ग खाना परिकारको स्टलहरु रहने र तामाङ गीत सांगीतिक क्षेत्रको चर्चित गायक सन्जिब वाइबा, निमा पाख्रिन, जीवन बम्जन, अविराम मोक्तान, सुजना रुम्बा, धिरेन लामा, अनराज तामाङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताए ।

महोत्सब सफल बनाउन हेटौडा उपमहानगरपालिका, संस्कृति पर्यटन सहकारी मन्त्रालय, १० वटा स्थानीय तह र यति ब्रुहरी प्रालिको सहयोग रहने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*