श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा
माघ, सुनसरी – सांसद भगबती चौधरीले सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र मिल प्रशासनसँग छलफल गरेकी हुन् । मिल प्रशासन र त्यहाँ कार्यरत श्रमिकसँगको छुट्टाछुट्टै छलफलमा सांसद चौधरीले श्रमिक र मिल दुवैको पक्षमा हित हुने गरी अगाडी बढ्न सुझाइन् । श्रमिक विना कुनैपनि उद्योग व्यवसाय चल्न नसक्ने तथा उद्योग व्यवसाय विना मुलुकमा रोजगारी सृजना नहुने भएकोले दुवैपक्षको जीत हुने गरी अगाडी बढ्नु पर्नेमा चौधरीको जोड छ...



















