रिपोर्टर्स क्लब नेपाल मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत

तामसालिङ खबर
१७ माघ २०८०, बुधबार ०७:०६

माघ, हेटौडा – रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ ।

क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा मंगलबार हेटौंडामा भएको कार्यक्रममा पत्रकार शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमला लगायतले शर्मा र तिमल्सिनालाई पुरस्कार राशीसहित प्रमाणपत्र हस्तान्तर गरे ।

कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, राप्रपाका नेता सिताराम बर्तौला, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताव विष्ट, हालका महासचिव कृष्णसारु मगर, महासंघका जिल्ला उपाध्यक्ष ध्रुब अधिकारी लगायत विभिन्न पत्रकार सम्वद्ध स्रगठनका नेताहरु र मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*