स्वच्छन्द भैरवले आफ्नो ६६ औं वार्षिकोत्सव मनायो

तामसालिङ खबर
१७ माघ २०८०, बुधबार ०७:५३

माघ, हेटौडा (थाहा नगर) – थाहा नगरको चित्लाङ्गमा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयले आफ्नो विद्यालयको ६६औ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा मनाएको छ। विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त समेत गरे ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहको अवसरमा स्मारिका प्रकाशन समितिका मुल सल्लाहकार उत्तम उपाध्याय ,विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायि संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने कार्यपालिका सदस्य अन्जु श्रेष्ठ वडा जनप्रतिनिधिहरु,पुर्व विद्यार्थीहरु,तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयले प्रथम स्मारिका विमोचन समेत गरेको छ।

वार्षिकोत्सव कै अवसर पारेर शिक्षा शाखा थाहा नगर तथा विद्यालयको अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*