पार्टी प्यालेसमा सोनाम ल्होछार नमनाउन घेदुङको आग्रह

तामसालिङ खबर
१७ माघ २०८०, बुधबार ०८:२७

माघ, काठमाडौं – तामाङ समुदायको महान पर्व सोनाम ल्होछार शहरका पार्टि प्यालेसमा मनाउन नपाइने भएको छ । तामाङहरुको छाता संस्था नेपाल तामाङ घेदुङले काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा ल्होछार मनाउदा पार्टि प्यालेस तथा होटलमा नमाउन निर्देशन जारी गरेको छ ।

घेदुङका अध्यक्ष मोहन गोलेले पार्टि प्यालेस र होटलमा ल्होछार मनाउदा आर्थिक रुपले अर्कैको व्यापार हुने र सांस्कृतिक रुपले समेत अर्कैको संस्कृति प्रबर्द्धन हुने हुँदा त्यस खालको गतिविधिप्रति सबैलाई सचेत हुन अनुरोध गरेको बताउनुभयो ।

सोनाम ल्होछार पर्वलाई घर-घरमा परम्परागत विधि,प्रक्रियाद्धारा भव्यताका साथ मनाउन पार्टि प्यालेसमा हुने खर्चलाई आफ्नै गाउँ र टोल केन्द्रीत गरी तामाङ खानपीन र तामाङ भेषभुषा र संस्कृति प्रबर्द्धनमा जोड दिनेगरी मनाउन सबैलार्ई अनुरोध गर्नुभएको हो ।

यदी, कुनै संस्थाले पार्टी प्यालेसमा आयोजना गरिहालेमा घेदुङका जिम्मेवार अभियन्ताहरु अतिथिको रुपमा उपस्थिती नहुन समेत निर्देशन दिएका छन्। विभिन्न संघसस्थाले आयोजना गर्ने ल्होछार कार्यक्रम नेपालको हकमा शहरको पार्टी प्यालेसमा पिजा, बर्ग, चाउचाउ र कोकाकोला खाएर मनाउने गरेको प्रति घेदुङले आपत्ती जनाएको छ ।

पछिल्लो समय ल्होछार सहितको चाडपर्वहरु तामाङ संस्कृति र तामाङ उत्पादन पद्धतीबाट टाँढिदै गएको तथा बाह्य संस्कृति र बहुराष्ट्रिय कम्पनीको व्यापार बढ्दै गएको पक्षलाई मध्यनजर गरी घेदुङले यस्तो खालको निर्णय गरेको अध्यक्ष गोलेको भनाई छ ।

२७ गते काठमाडौंको टुडिखेलमा हुने ल्होछार विषेश कार्यक्रमको स्टलमा तामाङको मौलिक पहिचान झल्कने वस्तुहरुको प्रदर्शनी गर्ने भएको छ । साभार: ग्लोबल मिडिया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*