पाँचौ मनहरी महोत्सव: आज सेलो गायिका जितु लोप्चन सहित कलाकार आउँदै

तामसालिङ खबर
१७ माघ २०८०, बुधबार ०८:४३

माघ, हेटौडा (मनहरी) – पाँचौ मनहरी महोत्सवको आज दोस्रो दिन माघ १७ गते राष्ट्रिय स्तरमा चर्चित सेलो गायिका जितु लोप्चन आउने हुनु भएको छ ।

आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार गायिका लोप्चनसहित नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, लोक गायकहरु गणेश चेपाङ र देवराज चेपाङको प्रस्तुति रहने छ ।

आस्था कला केन्द्र मनहरीका कलाकारहरुले दैनिक रुपमा नृत्य प्रस्तुतिहरु रहने साथै स्थानीय अन्य कलाकारहरुको पनि प्रस्तुतिहरु रहने कलाकार ब्यबस्थापन समितिको संयोजक बिष्णु कालाखेतिले जानकारी दिनुभयो।

माघ १६ गते मंगलबारबाट शुरु भएको पाँचौ मनहरी महोत्सव २८ गते सम्म सञ्चालन हुनेछ । यो अबधिमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, पशुपति शर्मा, सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली, शान्तिश्री परियार, रमेशराज भट्टराई, ज्योति मगर, एलीना चौहान, कृष्ण रेउले, विशाल काल्तान, अस्मिता अधिकारी, उर्गेन दोङ र सम्झना लामिछाने मगर महोत्सवमा आउँदै हुनुहुन्छ।

त्यसैगरी सरोज प्रजा, बिना राउत, मार्मिक लामा, सञ्जीव वाइबा, भूमिका गिरी, सुनिल पण्डित, प्रतिमा अर्याल, प्रकाश तामाङ, मुना अर्याल, रविनकुमार चेपाङ, चन्दा अर्याल, अविराम मुक्तान, लक्ष्मी तामाङ, अन्जु थोकर, सुमिना लो, सुमन बिटी, ढाकाराम पौडेल, अणराज तामाङसहितका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

१२ दिन चल्ने महोत्सवमा ६० हजार जनाले अवलोकन गर्ने अनुमान छ भने कृषि र स्थानीय उत्पादनहरुको प्रशस्त स्टलहरु रहेका छन् । बाल उद्यानको व्यवस्थापन समेत आयोजकले गरेको छ । महोत्सवमा प्रवेश गर्नका लागि टिकट दर ७० रुपियाँ तोकिएको छ भने विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*