थाहाको जनकल्याण माविले वार्षिकोत्सव मनाउने

तामसालिङ खबर
१८ माघ २०८०, बिहीबार १९:०२

माघ, हेटौडा (थाहा नगर) – थाहा नगर कै प्रतिष्ठित विद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६औं वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ ।

विद्यालयले वार्षिकोत्सव समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए । कार्कीका अनुसार माघ १९ गते प्रभातफरी र प्रथमिक तह स्तरीय नृत्य प्रतियोगिता सहित वार्षिकोत्सव उद्घाटन समारोह हुनेछ ।

त्यस्तै २० गते जनकल्याण माविको विगत, वर्तमान र भविश्य विषयक पूर्वविद्यार्थी अन्तरक्रिया कार्यक्रम र माटो परीक्षण कार्यक्रम हुने र २१ गते स्थानीय समुदायको सरसफाईका साथै सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम गरिनेछ ।

२०२५ मा स्थापना भएको विद्यालयमा हाल साधारण तर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण तर्फ मानबिकी, व्यवस्थापन, शिक्षा शास्त्र र विज्ञान संकायको अध्ययन भइरहेको छ । प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म बाली विज्ञान र सिटिभिटि अन्तर्गतको ३ वर्षे डिप्लोमा इन प्लान्ट साईन्स अध्यापन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*