चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा
फाल्गुन, हेटौंडा – चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा हुने भएको छ । फागुन ५ देखि ८ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौंडामा उक्त भेला आयोजना गर्न लागेको हो। सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताएका छन्। स्थानिय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना...



















