चितवनमा पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने

माघ, चितवन (राप्ति) – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ स्थित वानग्रुप क्याम्पामा ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को तयारी तिब्र पारिएको छ । श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा चितवनमै पहिलो पटक राप्तीका तामाङ समुदायले उक्त महोत्सवको सुरुवात गर्दैछ । तामाङ समुदायको संस्कार, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक उक्त महोत्सव हुन गइरहेको श्री च्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष तथा महोत्सव संयोजक समेत रहनु भएका देवराज लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार सोनाम ल्होछारको अवसर पारेर सुरु हुने महोत्सव...