मनहरीमा ज्योति मगरको क्रेज, आज एलिना चौहानले प्रस्तुति दिने

तामसालिङ खबर
२६ माघ २०८०, शुक्रबार ०७:४४

माघ, हेटौडा (मनहरी) – पाँचौ मनहरी महोत्सवमा बिहीबार लोकप्रिय गायिका तथा मोडल ज्योति मगरको सांगीतिक प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिएका छन् । महोत्सवमा ज्योतिले करिब आधा दर्जनभन्दा बढी गीत गाएका थिए । दर्शकहरुले उनका गीतमा स्वर मिसाएर गाएका थिए ।

ज्योतिले ‘उही मूलाको सिन्की, उही मुलाका चाना’, ‘चोरी खान पल्केको यो ढाडे बिरालो’ लगायतका गीत गाएकी थिइन् । अश्लील र अभद्रता प्रदर्शन गर्ने आरोप लागेकी ज्योतिले बीच बीचमा द्विअर्थी कुराहरु गरेर युवा र तन्नेरीहरुलाई रोमान्चित र उत्तेजित बनाइन् । महोत्सवमा ज्योतिसँगै गायक ढाकाराम पौडेल, सुनिता थापा, तारा थापा, मुना अर्याल, दिपक कालिराज लगायतले प्रस्तुति दिएका थिए । आस्था कला केन्द्रको तर्फबाट नियमित रुपमा नृत्य पनि प्रस्तुत भइरहेको छ ।

आज माघ २६ गतेका लागि ‘धोकेबाज हौ तिमी’ गीतकी गायिका एलिना चौहान, चन्दा अर्याल, कमेडिएन दिनेश काफ्ले, आरपी सापकोटा, शितल कल्पना, रवि लामा, स्थानीय ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसैगरी आज शुक्रबार नै लाइभ दोहोरी प्रतियोगिताको पनि फाइनल प्रतिस्पर्धा हुँदैछ । तृतीयका लागि विनोद अर्यालको समूह र दोहोरी प्रतिष्ठान (ख) बीच प्रतिस्पर्धा हुनेछ भने फाइनलमा दोहोरी प्रतिष्ठान (क) र दिपेन्द्र पुनको समूहबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले जानकारी दिए ।

फाइनल लाइभ दोहोरी प्रतिष्ठान चितवन क र दिपेन्द्र पुनको समूहबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र, द्वित्तीय हुनेलाई १५ हजार रुपियाँसहित प्रमाण पत्र र तृत्तीय हुनेलाई १० हजार रुपियाँ सहित प्रमाणपत्र तथा सान्त्वना हुनेलाई ५ हजार रुपियाँ नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट गायक र उत्कृष्ट गायिकालाई पनि ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*