चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा

तामसालिङ खबर
४ फाल्गुन २०८०, शुक्रबार १९:२३

फाल्गुन, हेटौंडा – चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा हुने भएको छ । फागुन ५ देखि ८ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौंडामा उक्त भेला आयोजना गर्न लागेको हो।

सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताएका छन्। स्थानिय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए ।

भेलामा देशभरबाट दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने र सोही अनुसार व्यवस्थापन पुरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । कार्यक्रममा नेपाली चलचित्र उध्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ ।

कार्यक्रममा सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*